जता गयाे उतै मन लाेभिन्छ

जता गयाे उतै मन लाेभिन्छ

 

भौगोलिक हिसावले उच्च पहाडी र हिमाली क्षेत्र रहेको रुकुमपूर्व पर्यटकीय हिसाबले निकेै धनी जिल्ला हो। संघीयता कार्यान्वयनको चरणमा जन्म भएको सबैभन्दा कान्छो जिल्लाको रुपमा रहेको रुकुमपूर्वमा सरकारी तहका प्रशासनिक तथा भौतिक संरचना निर्माणकेै चरणमा रहेको छ।

ऐतिहासिक, पुरातात्विक  साँस्कृतिक सम्पदाहरुका हिसाबले धेरेै अगाडि रहेको छ। भूमे गाउँ पालीकामा पर्यटकीय सम्भावनालाई उजागर गरी प्रचार प्रसार गर्ने र पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधारहरु बनाउने अथाह पहल गर्न जरुरी रहेकाे छ।

भूमेकाे पर्यटन विकासका लागि पर्यटकीय क्षेत्रको वर्गीकरण गरी तिनको उचित ब्यबस्थापन गर्न र साँस्कृतिक परम्परा, मौलिक कला संस्कृतिक करिब तीन सय वर्षअधि वडा नम्बर ३झुम्लाबाङमा विभित्र  ठाउँबाट  गुल्मीको भारसैवाट बुढा, वागलुडको गल्कोटवाट राना र भक्तपुरवाट नेवारहरू तामाखानी र तक्सारकाे  सिलसिलामा बसाई सरेर आएको ७४बर्षकाे तिलु सुनारले बताउनुहुन्छ।झुम्लाबाङ २३१५ मिटर रहेकाे झुम्लाबाङ गाउँमा मगर, नेवार,गुरुड, ठकुरी, क्षेत्री र दलित जातिकाे बसोबास रहेकाे  छ।

झुम्लाबाङकाे ७६ बर्षकाे ओम प्रकाश श्रेष्ठ भन्नू हुन्छ । “करिब तीन सय वर्षअधि यो ठाउँमा गुल्मीको भारसेबाट बुढ़ा, बागलुङको गल्कोटवाट राना र भक्तपुरबाट नेवारहरू तामाखानी र तक्सारकाे सिलसिलामा बसाई सरेर आएको बताउनुहुन्छ “।

झुम्लाबाङकाे पश्चिममा क्षेत्रमा  चालनेटा (२३५५ मि.) डाडामा  समथर भुभाग्मा चारैतिर  १०५बर्ष अगाडि  स्थानीय नागरिकले राजाकाे सुरक्षाको लागि लगाएको प्रर्खाल  बाईसे चाैविसे भुडे टाकुरे  राजाको दरबारका अवशेष अझै पनि प्रसस्त देख्न सकिन्छ । उत्तर चम्बाङमा धार्मिक स्थल पनि  रहेकाे छ। पू्र्वतिर गाबाङ र क्याङसिकाे सिरानमा  रामली चौर छ।
रामली चौर देखि वडा नम्बर २  कक्री,वडा नम्बर ६ महत,१काे  लकुम, र रुकुम पश्चिमकाे विभिन्न स्थान ,राेल्पा जिल्लाकाे जलजला संगै अन्य भूभाग अबलोकन गर्न सकिन्छ झुम्लाबाङकाे  तामाखानी र ,फलाम खानिकाे  खानी विभागले ‘जियोलोजिस्ट’ले झुम्लाबाङमा अध्ययन  गर्दा फलाम खानी भेटिएको विभागका उपमहानिर्देशक एवं प्रवक्ता मोनिका झाले बताइन्। विभागका प्राविधिकको दुई टोलीले प्रारम्भिक चरणको अध्ययन गर्दा धौवादीभन्दा बढी फलाम र गुणस्तर पनि राम्रो देखिएको छ,’ प्रवक्ता झाले भनिन्। उनका अनुसार विभागबाट डा. साैनक भण्डारी र सुजन देवकोटाको टिमले छुट्टाछुट्टै अध्ययन गरेको थियो। दुवै समूहको अध्ययनले भूमे गाउँपालिकामा ठूलो र गुणस्तरीय फलाम खानीको सम्भावना देखाएको हो।

 

खानी विभागले हालसम्म गरेको अध्ययन प्रारम्भिक मात्रै रहेकाले आधिकारिक विवरण अहिले नै यकिन गर्न नसकिने प्रवक्ता झाको भनाइ छ। यद्यपि भूमे गाउँपालिकामा २० करोड मेट्रिक टन फलाम रहेको प्रारम्भिक अध्ययनले देखाएको छ।झुम्लाबाङमा पहिला टक्सार बसेको ठाउँ व्यवस्थित गर्न सके पर्यटन केन्द्र बन्न सक्ने स्थानीय नागरिकहरुकाे अपेक्षा रहेको छ। झुम्लाबाङमा तामाका धाउ र उत्खनन् गरिएका तामा खानीहरु प्रशस्त रहेको छ।भूमे गाउँपालिकाकाे विभिन्न ठाउँमा रहेका तामाखानीहरु पछिल्लो समय उत्खनन् रोकिनुका साथेै उपयोग र संरक्षण नहुँदा पुरिन थाल्दा चिन्ता ब्यक्त गरेका छन ।

भूमेकाे पर्यटकीय स्तरको रुपमा विकास गर्न सके राम्राे  सम्भावना रहेको छ। झुम्लाबाङ जस्तै  वडा नम्बर ४ काडाको धबाङचौर  डाडाबाट हिमाली दृष्य र परम्परागत गाउँ र बारीका बालीको दुष्यले मनै लोभ्याउँछ्। स्थानीय बोलीचालीमा सानो दाङ भनेर चिनिने बड़ा नं ४ काे  तल्लो साकिमको दुष्यले जो कोहीको ध्यान केही समय  तान्छ।सिस्ने गाउँ पालिकाकाे वडा नम्बर ५काे क्षेत्र भित्र पर्ने कमल दहकाे कथा पनि छुट्टै रहेको छ । बाउन्न पाेखरी त्रिपन्न टाकुरी भनेर चिनीन्ने  रुकुमकाे  गहना  कमल दहमा बाहिरि घुम्न आउने विदेश पाहुनाकाे निकै घुईचाे हुने कमल दह घुमे संगै पैडल हिडेर ३० मिनेट पछि देउराली  ओड़ार पुगिन्छ त्यहाँ अनेक किसिमको आकृतिहरु निहाल्दै  नजिरकेै रहेको साकिमलाई व्यवस्थित खेतीपातीबाट नै कृषि पर्यटनमा बढुवा दिन सके राम्रो सम्भावना  रहेकाे छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *