रुकुम पूर्व ! जिल्लास्तरीय १५औं राषट्रपति रनिङ शिल्ड माघ २६ गते सुरु भयाे यश पटकको १५औं राषट्रपति रनिङ शिल्डकाे उपाधि भूमे गाउँपालिकाले जित्नु भूमेकाे ठुलाे हात रहेकाे छ।
महतकाे बृहत रंगशालामा सम्पन्न भएको रनिङ शिल्डमा भूमेका विद्यार्थीहरुको क्षमता, प्रतिभा र लगनले यसपटक भूमेलाई ऐतिहासिक सफलता मिलेको हाे । यो सफलतालाई आधार बनाएर अव जिल्ला मात्रै होइन, प्रादेशिक र राष्ट्रिय प्रतियोगितामा पनि भूमेको पहिचान दिलाउन भूमेले प्रोत्साहन, तयारी र चासो तिव्र रुपमा अगाडि लक्ष्य राखेकाे छ। अन्य गाउँपालिका भन्दा भूमेकाे खेलकुद प्रर्ती मेहनत अथाह रहेकाे छ। खेलाडीलाई आवश्यक पर्ने सामाग्री पनि उपलब्ध बनाएकाे छ।गाउँपालिकाले खेलाडीकाे मर्म बुझ्दै गर्दा भर्खरै फुल्दै गरेका काेपिलाहरुकाे हाेैसला थपिएको छ।
राष्ट्र्पति रनिङ शिल्ड विद्यालयस्तरीय प्रतियोगिता हो। गाउँबस्तीमा लुकेर रहेका प्रतिभाहरुको खोजी, पहिचान र खेलाडी उत्पादनमा रनिङ शिल्ड प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। अवसर नपाएका तर क्षमता भएका भविष्यमा सफल खेलाडी बन्न सक्ने धैरै प्रतिभाहरु गाउँमैं हराइरहेका हुन्छन्। त्यस्ता प्रतिभाहरुको पहिचान गर्न गाउँपालिका लागि परिरहेको छ।
यसपटकको राष्टपति रनिङ शिल्डबाट भूमे गाउँपालिका भित्र रहेका थुप्पै प्रतिभाहरुको
पहिचान भएको छ। यश पटक भूमेबाट धेरै खेलाडीहरु प्रादेशिक प्रतियोगिताका लागि छनोट भइसकेका छन्। स्थानीय सरकारले खेलकूदको प्रवर्द्वन र खेलाडीको प्रोत्साहनका लागि जर्सी ट्रेक र जुत्ता र खेलकुद मैदान सम्म पुन्न आवश्यक रकम प्रदान गरेकाे छ। अहिले पालिका र जिल्लाका प्रतियोगितामा सफलता हासिल गर्न सक्षम खेलाडीलाई राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पु-याउने लक्ष्य लिएर अहिलेदेखि नै गाउँपालिका अघि बढि रहेकाे छ।