गाउँपालिका स्तरीय रनिङ शिल्डको उपाधि मावि महतलाई

गाउँपालिका स्तरीय रनिङ शिल्डको उपाधि मावि महतलाई

जिल्लाको भूमे  गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी वडा नम्बर ६महतमा मा रहेको श्री जनजागिर्ति माध्यमिक विद्यालय महतले उपाधी हात पारेको छ ।माघ १५ गते देखि १९ सम्म सञ्चालन भएको प्रतियोगितामा सो विद्यालय प्रथम हुदै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी उचालेको हो।प्रथम उपाधी उचालेको जनजागिर्ति मावि महतले  १४ स्वर्ण ८ रजक र २ कास्य पदक जितेको छ ।जनजागिर्ति माविले प्रथम स्थान हासिल गर्दै   शिल्ड र प्रमाणपत्र हात पारेको छ ।

यस्तै पाचौँ  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको द्वितीय विजेता जन शक्ति माध्यमिक विद्यालय भूमे ४ काडाँ  भएको छ ।६ स्वर्ण ४ रजक र ६ कास्य पदक गरी जन शक्ति माध्यमिक विद्यालयले द्वितीय स्थान हासिल  गरेर शिल्ड र प्रमाणपत्र हात पारेको हो।

यस्तै शहिद शुक्र माध्यमिक विद्यालय सिमाले ४ स्वर्ण , ६ रजक र ७ कास्य पदक गरी तृतीय स्थान हासिल गर्दै शिल्ड र ‌प्रमाणपत्र हात पारेको भूमे गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा  प्राविधिक सहायक तेक बादुर बुढा थोकिले बताउनु भयो ।

प्रतियोगिताको समापन समारोहमा गाउँपालिकाका अधक्ष्य होम प्रकाश श्रेष्ठले खेलाडी राष्ट्रका गहना भएकाले खेलाडीलाई सम्मान, माया र अवसर दिनुपर्नेमा जोड दिनुभयो।उहाँले भन्नुभयो  खेल हार र जित भन्दा पनि आफ्नो सीप प्रदर्शन गर्ने भएकाले हामिले राम्रो खेलाडी छनौट गरी जिल्लास्तरीय प्रतियोगितामा सहभागि  बनाउने सम्पूर्ण खेलाडीलाई शुभकामना दिनुभएको छ ।

 

भूमे गाउँपालिका स्तरीय पाचौँ  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि भूमे गाउँपालिका अधक्ष्य होम प्रकाश श्रेष्ठ गाउँपालिका उपाध्यक्ष सविना बुढा ,  भूमे गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत देविलाल विक , वडा नम्बर ६ वडा अधक्ष्य विक्रम पुन  लगायत विभिन्न विद्यालयको विद्यालय ब्यबस्थापन समिति अधक्ष्यहरु  शिक्षाप्रेमी, बुद्दिजिबी लगायतको उपस्थिती रहेको थियो ‌।

                                                             

भूमे गाउँपालिकाको आयोजना तथा जन जागिर्ति माध्यमिक विद्यालयको ब्यबस्थापनमा  महतको बृहत रंगशाला खेलमैदानमा गाउँपालिका भित्रका ७ वटा माध्यमिक विद्यालयको सहभागितामा  भूमे गाउँपालिका स्तरीय पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको थियो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *