भूमेले गर्याे खेलाडीलाई उच्च सम्मान

भूमेले गर्याे खेलाडीलाई उच्च सम्मान

 

भूमे गाउँपालिकाको वडा नं.६स्थित महतकाे बृहत रंगशालामा यश पटक १५ औ जिल्लास्तरीय राष्ट्रपती रनिङ शिल्डमा माघ २६गते सुरुभएकाे रनिङ शिल्ड हिजाे साेमबार समान भयाे । १५ औ जिल्लास्तरीय शिल्डमा सहभागी भई प्रथम स्थान हासिल गरेकाे हाे।

भूमे गाउँपालिकाले १२ स्वर्ण लिएर शिल्ड हात पारेको हो । ७ रजत र ८ काश्य पदक गरि जम्मा २७ पदक हात पार्न सफल भएको हो । शिल्डमा सहभागी खेलाडीलाई थप हाैसला बढाउनकाे लागि भूमे गाउँ कार्यपालिकाकाे कार्यलयमा बधाई तथा सुभकामना दिएको छ ।

 


गाउँपालिकाको प्रतिनिधित्व गरेर गएका खेलाडी‚ प्रशिक्षक‚ रेफ्री तथा शिक्षकहरुलाई गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना दिदै सम्पूर्ण खेलाडीको भौतिक शरीर नभए पनि उहाँहरुले गर्न भएको विशेष योगदानको कदर गर्दै खेलाडीलाई सम्मान गरेको भूमे गाउँपालिका उपाध्यक्ष सबिना बुढाले बताउनुभयो ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत देविलाल बिक , चन्द्र रसाइलीले थप शुभकामना दिनु भएकाे हाे।उक्त सम्मान कार्यक्रममा वडा नं. २काे वडा अध्यक्ष नारायण पुन ,वडा नं. ६काे वडा अध्यक्ष बिक्रम पुन लगायत खेल प्रशिक्षक‚ खेलाडी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन गाउँपालिकाका कर्मचारी चेतन बुढा मगरले गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *