भूमे गाउँपालिकाले ११४ ओै अन्तर्राष्ट्रिय महिला दिवस मनाउदै

 

जिल्लाको भूमे गाउँ कार्यपालिकाको कार्यालय, खाबाङबगरमा २०८० फागुन २५ गते शुक्रबार को दिन ११४ औं अन्तराष्ट्रिय महिला दिवस मनाईने भएको छ।महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी” भन्ने राष्ट्रिय नारासहित देशव्यपी रुपमा अभियानको भव्यताका साथ दिवस मनाउने कार्यक्रम रहेको भूमे गाउँपालिका प्रशासन शाखाका प्रशासन सहायक चेतन बुढा मगरले जान्कारी दिनुभएको छ।बुढाको अनुसार सोही अवसरमा गाउँपालिका र विभिन्न साझेदार संघ/ संस्थाहरुसँगको संयुक्त आयोजनामा गरेर विशेष कार्यक्रम/ र क्रियाकलापहरु सञ्चालन गरी मनाउने बुढाले बताउनुभएको छ।

दिवसलाई सफल बनाउनको लागि गाउँपालिकाभित्र रहेका ९ वटै वडाका आमा समूह, महिला उद्यमी समूह, महिला सहकारी, क्लब,टोल विकास संस्था तथा महिलाको क्षेत्रमा कार्य गर्ने सबै संघ/ संस्था एवं सम्पूर्णलाई विभिन्न विधामा रहेका प्रर्तियोगितामा सक्रिय सहभागिताका हुनको लागि अनुरोध गरिएको छ।

उक्त दिवशको अवशरमा सामुहिक लोकगीत प्रतियोगिता, “महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी” भन्ने शिर्षकमा वकतृत्वकला प्रतियोगिता र महिला रसी तान्ने प्रतियोगिता रहेको छ।प्रतियोगितामा भाग लिने व्यक्ति तथा समूहले मिति २०८० फागुन २४ गतेभित्र आफ्नो नामदर्ता गर्नुपर्ने छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *