आ) रिसालचौर

युद्धकालमा माओवादी जनसेनाहरुको ठूलै केन्द्रविन्दू हुन्थ्यो रिसालचौरमा। अग्लो डाँडामा चौर, जो कोहीको सहजै पहुँच नभएको र सामरिक दृष्टिकोणले समेत माओवादी जनसेनाको रोजाईमा पर्ने रिसालचौरमा धेरै तालिम सञ्चालन भैरहन्थ्यो। भूमे गाउँपालिकाको वडा नं. ६ र ७ को सीमानामा पर्ने रिसालचौर विद्यालय रहेको स्थान वडा नं. ७ मा पर्छ भने दर्ता वडा नं ६ को नाममा रहेको अर्को रोचक कुरा पनि छ। उक्त स्थानबाट सिस्ने हिमाल, पुथा, धौलागिरी, मानाभरे पाठीभरे लगायतका हिमालहरुको दृष्यावलोकन र रुकुम रोल्पा जिल्लाका अधिकांश भूभागहरु सहजै हेर्न सकिन्छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *