रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ८ स्थीत कोर्जामा आउदै गरेको माँघेसंक्रान्तिको अवसर पारी विविध खेलकुद प्रतियोगिता सन्चालन हुने भएको छ । छिनोफानो प्रगतिशिल मयूर युवा क्लवले १२ औं वार्षिक उत्सवको मनाउदै माँघसंक्रान्ति अवसर पारेर स्वाथ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ विभिन्न विधाको खेलकुद प्रतियोगीता पुष २७ गते देखि भव्य कार्यक्रमको बिच सन्चालन गर्ने छिनोफानो प्रगतिशिल मयूर युवा क्लवका निवर्तमान सचिव सुनिल बुढा मगरले जानकारी दिनु भएको छ।
जसमा पुरुष भलिबल तर्फ प्रथम विजेता हुनेलाई ४५ हजार नगद सहित कप मेडल र प्रमाणपत्र पाउने भएको छ । त्यस्तै दोस्रो हुनेलाई रु २२ हजार ५ सय रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र उपलब्ध बनाउने र तेस्रो हुनेले ११हजार ५ सय रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र सान्त्वना हुनेलाई ११ हजार ५ सय सहित प्रमाणपत्र दिने बताइएको छ । 
यस्तै महिला भलिबल तर्फ प्रथम विजेता हुनेलाई ३० हजार नगत सहित कप मेडल र प्रमाणपत्र पाउने भएको छ । दोस्रो हुनेलाई १५ हजार रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र उपलब्ध बनाउने र तेस्रो हुनेले ७ हजार ५ सय रुपैयाँ नगत सहित मेडल र प्रमाणपत्र सान्तोना हुनेलाई ७ हजार ५ सय नगद सहित प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ। यस्तै नृत्य तर्फ प्रथम दोस्रो र तेस्रोहुनेलाई क्रमश ३ हजार ५ सय, १ हजार ८ सय र ९ सय नगद सहित मेडल र प्रमाणपत्र , घैटा फोर प्रथमलाई १ हजार नगद सहित मेडल र प्रमाणपत्र, धनुषवाण प्रथमलाई ३ हजार नगद सहित मेडल र प्रमाणपत्र, लोकदोहरी तर्फ प्रथम दोस्रो र तेस्रोहुनेलाई क्रमश ५ हजार , २ हजार ५ सय र १ हजार २ सय नगद सहित मेडल र प्रमाणपत्र र रस्साकस्सी तर्फ प्रथम हुनेलाई रातो भाले सहित मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गर्ने निवर्तमा सचिव मगरले बताउनुभएको छ।

भलिब प्रतियोगिता महिला पुरुष दुवै खेलाडीहरु अनिवार्य पोषाक सहित आफ्नो परिचय खुल्ने प्रमाण सहित गाउँ स्तरिय खेलाडी उपस्थित हुन आग्रह गरेको छिनोफानो प्रगतिशिल मयूर युवा क्लवको अध्क्षय अनिल रोका मगरले जानकारि दिनु भएको छ । उक्त विविध प्रतियोगिता पुष २७ गते विभिन्न विधाको खेल प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।