अ) फुलबारी

बाह्रै महिना विभिन्न प्रजातिका फूलहरु ढकमक्क भैराख्ने भएकाले भूमे गाउँपालिकाको वडा नं ७ र ९ को सीमाना पर्ने नेटालाई फूलबारी नामाकरण गरिएको हुनुपर्छ । उच्च स्थानमा भएकाले उक्त स्थानबाट लाबाङ, भित्रवन, भित्रवन, चुनबाङ, तीन बहिनी लेक, सिस्ने हिमाल, रोल्पाको विभिन्न स्थानहरुको अवलोकन गर्न सकिन्छ। चुनबाङको गैरीगाउँबाट करिब ८ घण्टाको पैदल दूरीमा पुग्न सकिने उक्त स्थानमा लाबाङबाट करिब ३ घण्टामा पुग्न सकिन्छ । पिकनिक, हाइकिङ र दृष्यावलोकनका लागि अति उपयुक्त उक्त स्थानमा वर्षको एक पटक पूजा पनि गरिन्छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले सम्भावनायुक्त उक्त स्थानमा       पार्क निर्माण, प्रतिक्षालय, पिकनिक स्पट निर्माणका साथं स्याउ खेती उद्यान बनाउन सकेमा पर्यटनमा थप टेवा पुग्नेछ।

पर्यटकीय गन्तव्यको नामःफूलबारी (भूमे ७ र ९ को सिमाना)
स्थानःरुकुम (पूर्व) जिल्ला भूमे गाउँपालिका भूमे ७ र ९ को सिमाना
विशेषताबाह्रै महिना फुल्ने विभिन्न प्रजातिका मनोरम फूलहरु ढकमक्क भैराख्नेउच्च स्थानमा मन्दिर रहेको र वर्षमा एक पटक बोका पूजा गरिनेउक्त स्थानबाट लाबाङ, भित्रवन, चुनबाङ, तीनबहिनी, सिस्ने हिमाल, मानाभरे पाथी भरे हिमाल, रोल्पाको थबाङ, जुमा राङ्सी लगायतका स्थान देखिने
पहुँच, पूर्वाधार र अन्य सुविधाको अवस्थाःचुनबाङ गैरीगाउँबाट पैदल करिब ८ घण्टामा पुगिनेखाना र आवास तथा शौचालयका लागि व्यवस्था नभएको
प्रस्तावित गन्तव्य नजिकका अन्य आकर्षक गन्तव्यचुनबाङ भेरीडाँडा संग्रहालय (७ घण्टा), महत युद्ध फिचर (४ घण्टा), लाबाङ (३ घण्टा), थबाङ (४ घण्टा), रुकुमकोट कमल दह (८ घण्टा), रोल्पा खरिबोट
पर्यटकले समय व्यतित गर्न सक्ने आधारदृष्यावलोकन, मेडिटेशन पूजापाठ र अध्ययन अनुसन्धान
लोकप्रियताविभिन्न प्रजातिका फूल फुल्ने,  बाह्रै महिना कुनै न कुनै फूल फुलिरहने
सुरक्षा प्रबन्ध/संरक्षणसुरक्षा तथा संरक्षणका लागि प्रबन्ध नगरिएको
हालसम्मको भौतिक तथा वित्तीय लगानी र प्रतिफलपूजा गर्ने मन्दिर
विकास गर्न सकिने सम्भावनापार्क निर्माण, पिकनि स्पट, प्रतिक्षालय स्याउ खेती, उद्यान बनाउन सकिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *