३. गुराँसे लेक
भूमे गाउँपालिकाको वडा नं. ३, ४ र ५ तथा पुथा उत्तरगंगा गाउँपालिका १० को संगमस्थल रहेको गुराँसे लेक वर्षायाममा भैंसी चराउने लेक हो। वर्षामा चौरभरि विभिन्न प्रजातिको फुल, गोठाला र हिउँदमा जिल्लाका तीनवटै गाउँपालिका सिस्ने, भुमे र पुथा उत्तरगंगा गाउँपालिकाका विभिन्न भागहरु एकै स्थानबाट देख्न सकिने, उत्तरतिरका सेता हिमाल, खुला आकाशले साँच्चिकै मन चङ्गा बनाइदिन्छ यो ठाउँमा। विभिन्न प्रजातिका गुराँस र वनस्पतिहरुसँगको स्पर्ष, डाँफे मुनाल लगायतका चराचुरुङ्गी, मृगहरुसँग बेला बेलामा जम्काभेट पनि यो गन्तव्यको नयाँ स्वाद हो। उच्च स्थान भएकाले खानेपानीको सुविधा, स्याउ लगायतको खेती, ड्राइ पिकनिक स्पट, प्रतिक्षालय, अतिथिगृह, फुलबारी लगायतका पूर्वाधारको विकास गर्न सकेमा पर्यटकहरुका लागि थप रोजाई हुन सक्थ्यो कि !
पर्यटकीय स्थल नामः | गुराँसे लेक |
स्थानः | भूमे गाउँपालिका वडा नं.३ झुम्लावाङ |
विशेषता | समथर भू-भाग भएको ,त्यहाँबाट सिस्ने हिमाल,रोल्पाको जलजला,धौलागिरी हिमाल,रुकुम पश्चिमको विभिन्न भागहरु देखिने।विभिन्न किसिमको रमणीय ठाउँहरुको अवलोकन र अध्ययनस्वच्छ तथा मनोरम वातावरणमा रमाउन पाइने रुकुम (पूर्व)को अन्तिम सिमाना सम्मको अवलोकन गर्न सकिने |
पहुँच, पूर्वाधार र अन्य सुविधाको अवस्थाः | सडक, खानेपानी, होटल शौचालय आदिको सुविधा नभएको |
प्रस्तावित गन्तव्य नजिकका अन्य आकर्षक गन्तव्य | पिल्बाङ लेक जान सकिनेपूथा उत्तरगंगाको सम्पूर्ण भागहरुमा जान सकिने सकिनेत्यस लेक बाट सिस्ने हिमाल,रोल्पाको जलजला तथा विभिन्न ठाउँहरुको अवलोकन |
पर्यटकले समय व्यतित गर्न सक्ने आधार | अध्ययन अनुसन्धान, मनोरञ्जन, आदि लिन सकिने |
लोकप्रियता | स्थानीयले बैशाखको पूर्णिमामा पूजा गर्ने भएकोले लोकप्रिय भएकोविभिन्न क्षेत्रहरुको अवलोकन गर्न सकिने |
प्रदेश एवं स्थानीय तहको लोकप्रियता | भौगोलिक वनावटले अतन्तै महत्वपूर्ण रमणिय तथा स्वच्छ वातावरणमा रमाउन पाईनेअत्यन्तै रमणीय स्थलहरु भएको स्वच्छ वातावरण भएको |
हालसम्मको भौतिक तथा वित्तीय लगानी र प्रतिफल | सरकारी तथा गैरसरकारी संघ संस्थाबाट अहिले सम्म कुनैपनि विकासको पहल नभएको |
विकास गर्न सकिने सम्भावना | फूलबारी बगैचाको स्थापनाचन्वाङ लेकसम्म पुग्नलाई सडकको पहल गर्नुपर्नेगेटको निर्माणप्रतिक्षालयको निर्माणअतिथि गृहको निर्माण |