पर्यटकीय गन्तव्यको नामः | तेबाङ |
स्थानः | रुकुम (पूर्व) जिल्ला भूमे गाउँपालिका वडा नं १ |
विशेषता | पूर्व माओवादी तालिम केन्द्र रहेकोसुन्दर सानो उपत्यकामौलिक गोठ घर, रमणीय वनजंगल, जंगली जनावर, पशुपंक्षी पाइने |
पूर्वाधार र अन्य सुविधाको अवस्थाः | मध्यपहाडी लोकमार्गबाट ४ कि.मी. दक्षिणतर्फ पर्ने, पर्यटकीय सुविधाका दृष्टिकोणले उपयुक्त पूर्वाधार तथा संरचनाको निर्माण नभएको |
प्रस्तावित गन्तव्य नजिकका अन्य आकर्षक गन्तव्य | रोल्पाको थबाङ, गुनाम, महत, गुराँसे लगायतका पर्यटकीय |
पर्यटकले समय व्यतित गर्न सक्ने आधार | बराहि मन्दिर रचिबाङ र आसपासका पर्यटकीय स्थल, मौलिक गोठघरको अवलोकन भ्रमण, अध्ययन अनुसन्धानमा पर्यटकहरुले कम्तिमा ३ दिनको समय व्यतित गर्न सक्ने |
लोकप्रियता | प्राकृतिक र युद्ध पर्यटनको महत्व बोकेको |
विकास गर्न सकिने सम्भावना | यस आसपासमा पाइने स्लेट ढुङ्गाको व्यवस्थित उत्खनन् गर्नुका साथै थै होटेल होमस्टेको विकास गरी रोजगारी सृजनामा समेत जोड दिन सकिन्छ |