ऊ) सरयु फुल टिप्ने लेक
भूमे पर्वको तयारी करिब डेढ महिना अघिदेखि सुरु हुन्छ। गाउँमा एक दिन बिराएर नाच गान गरेर भूमे पर्वको तयारी गरिन्छ। उक्त नाचलाई रिहर्सलको रुपमा लिने गरिन्छ। भूमे सुरु हुनुभन्दा अघिल्लो दिन भूमे पूजाका लागि पवित्र स्थानबाट फुल ल्याउनुपर्ने संस्कार बमोजिम गाउँलेहरु भूमे पुजाका अवसरमा फूल टिप्न जाँदा पूजा पाठ गर्दछन्। सोही पूजा गर्ने फूल टिप्न जाने स्थान मध्येको एक हो लुकुमको सरयु फुल टिप्ने लेक। उक्त लेकमा भूमे सुरु हुनुभन्दा एकदिन पहिले गाउँलेहरु घरघरबाट लेकमा बास बसेर पूजाका लागि फूल टिप्न जान्छन्। फूल टिप्न जाँदा मनोरम लेकतिर रमाउँदै र फर्कँदा नाचगान गर्दै फर्किने भएकाले पनि सरयु फुल टिप्ने लेक स्थानीय स्तरमा लोकप्रिय छ।