ई) बराह मन्दिर रचिबाङ

भूमे गाउँपालिका वडा नं. १ रचिबाङको मध्यपहाडी लोकमार्ग भन्दा दक्षिणपट्टि बराहि ताल र बराह मन्दिर अवस्थित छ। स्थानीयस्तरमा मिनि कमल तालको रुपमा समेत चिनिने बराही ताल वरपर औषधीय गुणयुक्त वनस्पति बोझो प्रशस्त पाइन्छ। तालको माथिपट्टि डाँडामा धार्मिक महत्व बोकेको बराह मन्दिर रहेको छ। जरा एउटा तर हाँगामा फरक फरक प्रजातिको अनौथो रुखको फेदमा बराह मन्दिर रहेको छ। मन्दिर वरपर विमानस्थल बन्न सक्ने खुला चौर छ। उक्त स्थानमा पनि जनयुद्ध कालमा माओवादी जनसेनाहरुले तालिम गरेका थिए। उक्त स्थानमा भूमे गाउँपालिकाद्वारा मन्दिरको पुनर्निर्माण, खानेपानी धारा निर्माण र तालको संरक्षणको काम थालिएको छ।

पर्यटकीय गन्तव्यको नामःबराह मन्दिर रचिबाङ
स्थानःरुकुम (पूर्व) जिल्ला भूमे गाउँपालिका वडा नं १ लुकुम गाउँको पूर्वपट्टी
विशेषता, बराही ताल र वनजङ्गलको आकर्षक दृष्य
पूर्वाधार र अन्य सुविधाको अवस्थाःमध्यपहाडी लोकमार्गको सहज पहुँचमा रहेको भएता पनि हालसम्म पर्यटकीय सुविधाका दृष्टिकोणले उपयुक्त अन्य पूर्वाधार तथा संरचनाको निर्माण नभएको
प्रस्तावित गन्तव्य नजिकका अन्य आकर्षक गन्तव्यरिगल दह, रानीबास, बाग्लुङको सिमाना, नाङ्गेधारा, चौरीलेक जस्ता पर्यटकीय स्थलहरु
पर्यटकले समय व्यतित गर्न सक्ने आधारबराहि मन्दिर रचिबाङ र आसपासका पर्यटकीय स्थल (रनसर गुफा, बराही ताल, मौलिक गोठघर) को अवलोकन भ्रमण, अध्ययन अनुसन्धानमा पर्यटकहरुले कम्तिमा ३ दिनको समय व्यतित गर्न सक्ने
लोकप्रियताधार्मिक, प्राकृतिक र युद्ध पर्यटनको महत्व बोकेको
सुरक्षा प्रबन्ध/संरक्षणसुरक्षा तथा संरक्षण उचित प्रबन्ध नभएको
हालसम्मको भौतिक तथा वित्तीय लगानी र प्रतिफलबराह मन्दिर र बराही तालको संरक्षणमा गाउँपालिकाले केही  काम गरेको भएता पनि सरकारी तवरबाट पर्याप्त योजना तथा लगानी नभएको
विकास गर्न सकिने सम्भावनाहवाइमैदान निर्माणका लागि उपयुक्त स्थान भएकोले सोका लागि आवश्यक पूर्वाधारको निर्माण गर्नुका साथै होटेल होमस्टेको विकास गरी रोजगारी सृजनामा समेत जोड दिन सकिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *