इ) स्यूखार पार्क
लुकुम गाउँको पूर्वपट्टि रहेको औषधीय गुणयुक्त धुपी सल्ला रुखको बीचमा स्युखार पार्क बनाइएको छ।करिब २०० जति धुपीसल्लाका रुखहरु रहेको वनभित्र घुमेर, विभिन्न देवी देवताका थानको दर्शन गरेर, छहराको गुफा, धुपीसल्लाका फेदको गुफा, घना मगर बस्ति, झाँक्री नाचस्थल आदिको अवलोकन गरेर एकछिन आफूलाई भुल्न सकिन्छ स्यूखार पार्कमा।
पर्यटकीय गन्तव्यको नामः | स्युखार पार्क |
स्थानः | रुकुम (पूर्व) जिल्ला भूमे गाउँपालिका वडा नं १ लुकुम गाउँको पूर्वपट्टी अग्ला अग्ला धुपीसल्ला रहेको स्थान |
विशेषता | स्थानीय बासिन्दाका अनुसार औषधीय गुणयुक्त नेपालकै सबैभन्दा अग्ला रुखमा पर्ने धुपीसल्ला र वरिपरिको मनोरम दृश्यपरापूर्वकालदेखि रहदै आएको ५० देखि ६५ मिटरसम्म अग्ला धुपी सल्लाका रुखहरु |
पूर्वाधार र अन्य सुविधाको अवस्थाः | मध्यपहाडी लोकमार्गको सहज पहुँच |
प्रस्तावित गन्तव्य नजिकका अन्य आकर्षक गन्तव्य | नाची (भुम्या) नाच स्थल, घना मगर बस्ति लुकुम, जारी खोला छहराभित्रको गुफा, विभिन्न मठमन्दिरहरु, प्रस्तावित नाची लोगोपो पर्यटन पदमार्ग |
पर्यटकले समय व्यतित गर्न सक्ने आधार | करिब २०० जति धुपीसल्लाका रुखहरु रहेको वनभित्र घुम्ने, विभिन्न देवी देवताका थान, छहराको गुफा, धुपीसल्लाका फेदको गुफा, घना मगर बस्ति, झाँक्री नाचस्थल आदिको दृश्यावलोकन |
लोकप्रियता | स्थानीय बासिन्दाको भनाइ अनुसार औषधीय गुण भएको धुपीसल्ला, नेपालको सबैभन्दा अग्लो रुख (धुपीसल्ला) |
सुरक्षा प्रबन्ध/संरक्षण | सुरक्षा तथा संरक्षण उचित प्रबन्ध नभएको |
हालसम्मको भौतिक तथा वित्तीय लगानी र प्रतिफल | सरकारी तवरबाट हालसम्म औपचारिक योजना तथा लगानी नभएको |
विकास गर्न सकिने सम्भावना | व्यवस्थित पार्कका रुपमा विकास गर्न आवश्यक पूर्वाधारहरुको विकास (विश्रास्थल, खानेपानी, सार्वजनिक शौचालय, सिँढी, प्रवेशद्बार, घेरबार), खाली ठाउँमा पुन:वृक्षारोपण, गुफाहरुको उचित संरक्षण, डोरीका माध्यमबाट एक रुखबाट अर्को रुख जान सकिने साहसिक यात्रा आदि व्यवस्थापन गरी आकर्षक र व्यवस्थित पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने |