आ) नाची भूम्या लुकुम
घना मगर वस्ती लुकुम गाउँको पूर्वपट्टि अग्ला अग्ला धुपी स्लाको छहारीमा परापूर्व कालदेखि भूम्या देवतालाई खुशी पार्न स्थानीयहरुले पूजा गरी नाचगान गर्ने भूमि हो लुकुमको नाची (भूम्या)। नाची भूमिको पश्चिमपट्टि झाँक्री नाच थलो रहेको छ। स्थानीयहरुको निजी प्रयासमा उक्त नाची भूमिलाई समेत विशेष स्थानको रुपमा विकास गर्न पहल भैरहेको छ।
पर्यटकीय गन्तव्यको नामः | नाची (भूम्या) |
स्थानः | रुकुम (पूर्व) जिल्ला भूमे गाउँपालिका वडा नं १ लुकुम गाउँको पूर्वपट्टी अग्ला अग्ला धुपीसल्लाको छहारीमा |
विशेषता | परापूर्वकालदेखि भूमि देवतालाई खुसी पार्न यहाँका मगर गुरुङ दलितले आफ्नो मौलिक भेषभूषामा बालकदेखि वृद्धसम्मले अत्यन्त हर्षोल्लासका साथ मनाउँदै आएको पर्व |
पूर्वाधार र अन्य सुविधाको अवस्थाः | , खानेपानी, शौचालय, होटेल तथा नाच स्थलको सुधार नभएको |
प्रस्तावित गन्तव्य नजिकका अन्य आकर्षक गन्तव्य | , अध्ययन अनुसन्धान गर्न सक्ने, झाँक्री पर्व स्थल |
पर्यटकले समय व्यतित गर्न सक्ने आधार | , यसमा संलग्न स्थानीय बासिन्दाहरु, मौलिक भाषा र भेषभूषा, परम्परागत चाडपर्व आदिले आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षण गर्नुका साथै पर्यटकहरुलाई धेरै समय व्यतित गर्ने आधारको रुपमा रहेको |
लोकप्रियता | परम्परागत भूम्या पर्व र भूम्या नाचको उद्गमस्थल, भूमे गाउँपालिकाको सबैभन्दा ठुलो बस्ति र सबैभन्दा धेरै स्थानीयता र सहभागिता रहेको मनोरञ्जनयुक्त भेषभूषा समेटिएको साँस्कृतिक नाच |
सुरक्षा प्रबन्ध/संरक्षण | सुरक्षा तथा संरक्षण उचित प्रबन्ध नभएको |
हालसम्मको भौतिक तथा वित्तीय लगानी र प्रतिफल | स्थानीय बासिन्दाहरुको निजी प्रयासमा केहि व्यवस्थापनको सुरुवात भएता पनि सरकारी तवरबाट हालसम्म पर्याप्त योजना तथा लगानी नभएको |
विकास गर्न सकिने सम्भावना | परम्परागत तथा मौलिक सँस्कृति बोकेको भुम्या नाचको संरक्षण र प्रवर्द्बनका लागि उचित योजना तथा कार्यक्रमसहित स्थानीय, प्रदेश र संघीय सरकारबाट विशेष ध्यान पुर्याउन सकिएमा आन्तरिक र बाह्य पर्यटनको राम्रो सम्भावना रहेको |