आ) तीन बहिनी लेक
भूमे गाउँपालिका वडा नं ९ चुनबाङको तीन बहिनी लेक स्थानीय स्तरमा लोकप्रीय धार्मिक तथा पर्यटकीय स्थल हो । उच्च स्थानमा भएकाले रोल्पा र रुकुमका विभिन्न भाग, हिमाली दृष्यहरु अवलोकन गर्न सकिने उक्त स्थानमा बराहको मन्दिर रहेको छ । बराहको पूजा गर्दा जनधनको रक्षाका साथै मनोकामना पूरा हुने विश्वासका साथ अर्धवार्षिक रुपमा पूजा तथा बलि चढाइन्छ ।
पर्यटकीय गन्तव्यको नामः | तीन बहिनी लेक |
स्थानः | रुकुम (पूर्व) जिल्ला भूमे गाउँपालिका वडा नं ९ चुनबाङ (सिमचौर) |
विशेषता | धार्मिक तथा पर्यटकीय स्थलबराह मन्दिरमा वर्षमा एक पटक बोका पूजा गरिनेउक्त स्थानबाट खोपिचार, लसुनबारी, चुनबाङको अधिकांश भाग, सिस्ने हिमाल, मानाभरे पाथी भरे हिमाल, रोल्पाको जुमा राङ्सी लगायतका स्थान देखिनेदलित पुजारी भएको,अर्धवार्षिक रुपमा पुजा गरिनेपुजाआजा गर्दा मनोकामना पुरा हुने विश्वास रहेको |
पहुँच, पूर्वाधार र अन्य सुविधाको अवस्थाः | चुनबाङ गैरीगाउँबाट पैदल करिब ५ घण्टामा पुगिनेखानेपानी, प्रतिक्षालय, पदमार्ग, दृश्यावलोकनका लागि भ्युटावर रहेको, सञ्चार सेवा अन्तर्गत नेपाल टेलिकमको नेटवर्क पहुँच भएकोखाना र आवास तथा शौचालयका लागि व्यवस्था नभएको |
प्रस्तावित गन्तव्य नजिकका अन्य आकर्षक गन्तव्य | चुनबाङ भेरीडाँडा संग्रहालय (२ घण्टा), महत युद्ध फिचर (६ घण्टा), लाबाङ (६ घण्टा), थबाङ (७ घण्टा), रुकुमकोट कमल दह (४ घण्टा) |
पर्यटकले समय व्यतित गर्न सक्ने आधार | दृष्यावलोकन, मेडिटेशन पूजापाठ र अध्ययन अनुसन्धान |
सुरक्षा प्रबन्ध/संरक्षण | तालिम स्थल सुरक्षा तथा संरक्षणका लागि प्रबन्ध नगरिएको |
हालसम्मको भौतिक तथा वित्तीय लगानी र प्रतिफल | गाउँपालिकाबाट आ.व. २०७४।०७५ मा रु १५००००० बजेट विनियोजन भई बराह मन्दिर निर्माण गरिएको, आ.व. २०७५।०७६ मा कृषि ज्ञान केन्द्र रोल्पाबाट रु ३००००० बजेट विनियोजन भई प्रतिक्षालय र खानेपानीको संरचना निर्माण भएको,गैरीगाउँदेखि तीन बहिनी लेकसम्मको लागि सिँढी निर्माण |
विकास गर्न सकिने सम्भावना | पार्क निर्माण, पिकनि स्पट, प्रतिक्षालय गैरीगाउँदेखि तीन बहिनी लेकसम्म केबुलकार |