अ) फुलबारी
बाह्रै महिना विभिन्न प्रजातिका फूलहरु ढकमक्क भैराख्ने भएकाले भूमे गाउँपालिकाको वडा नं ७ र ९ को सीमाना पर्ने नेटालाई फूलबारी नामाकरण गरिएको हुनुपर्छ । उच्च स्थानमा भएकाले उक्त स्थानबाट लाबाङ, भित्रवन, भित्रवन, चुनबाङ, तीन बहिनी लेक, सिस्ने हिमाल, रोल्पाको विभिन्न स्थानहरुको अवलोकन गर्न सकिन्छ। चुनबाङको गैरीगाउँबाट करिब ८ घण्टाको पैदल दूरीमा पुग्न सकिने उक्त स्थानमा लाबाङबाट करिब ३ घण्टामा पुग्न सकिन्छ । पिकनिक, हाइकिङ र दृष्यावलोकनका लागि अति उपयुक्त उक्त स्थानमा वर्षको एक पटक पूजा पनि गरिन्छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले सम्भावनायुक्त उक्त स्थानमा पार्क निर्माण, प्रतिक्षालय, पिकनिक स्पट निर्माणका साथं स्याउ खेती उद्यान बनाउन सकेमा पर्यटनमा थप टेवा पुग्नेछ।
पर्यटकीय गन्तव्यको नामः | फूलबारी (भूमे ७ र ९ को सिमाना) |
स्थानः | रुकुम (पूर्व) जिल्ला भूमे गाउँपालिका भूमे ७ र ९ को सिमाना |
विशेषता | बाह्रै महिना फुल्ने विभिन्न प्रजातिका मनोरम फूलहरु ढकमक्क भैराख्नेउच्च स्थानमा मन्दिर रहेको र वर्षमा एक पटक बोका पूजा गरिनेउक्त स्थानबाट लाबाङ, भित्रवन, चुनबाङ, तीनबहिनी, सिस्ने हिमाल, मानाभरे पाथी भरे हिमाल, रोल्पाको थबाङ, जुमा राङ्सी लगायतका स्थान देखिने |
पहुँच, पूर्वाधार र अन्य सुविधाको अवस्थाः | चुनबाङ गैरीगाउँबाट पैदल करिब ८ घण्टामा पुगिनेखाना र आवास तथा शौचालयका लागि व्यवस्था नभएको |
प्रस्तावित गन्तव्य नजिकका अन्य आकर्षक गन्तव्य | चुनबाङ भेरीडाँडा संग्रहालय (७ घण्टा), महत युद्ध फिचर (४ घण्टा), लाबाङ (३ घण्टा), थबाङ (४ घण्टा), रुकुमकोट कमल दह (८ घण्टा), रोल्पा खरिबोट |
पर्यटकले समय व्यतित गर्न सक्ने आधार | दृष्यावलोकन, मेडिटेशन पूजापाठ र अध्ययन अनुसन्धान |
लोकप्रियता | विभिन्न प्रजातिका फूल फुल्ने, बाह्रै महिना कुनै न कुनै फूल फुलिरहने |
सुरक्षा प्रबन्ध/संरक्षण | सुरक्षा तथा संरक्षणका लागि प्रबन्ध नगरिएको |
हालसम्मको भौतिक तथा वित्तीय लगानी र प्रतिफल | पूजा गर्ने मन्दिर |
विकास गर्न सकिने सम्भावना | पार्क निर्माण, पिकनि स्पट, प्रतिक्षालय स्याउ खेती, उद्यान बनाउन सकिने |