अ) जनसेना तालिम स्थल रुपुगा लुकुम
मध्यपहाडी लोकमार्गको छेवैमा भूमे गाउँपालिका वडा नं. १ लिकुमको रुपुगाले यात्रुहरुको मन एकछिन तानिहाल्छ। प्राकृतिक मनोरम, हिउँदमा चारैतिर हिउँ अनि वर्षायाममा हरियाली वातावरण, गाईवस्तु चरेको, ढकमक्क फूल, शान्त स्थल उक्त स्थानको परिचय हो। रुपुगाको परिचय त्यति मात्र होइन, माओवादी जनयुद्ध कालमा म्याग्दी जिल्लाको बेनी आक्रमणपूर्व जनसेनाहरुले तालिम गरेको, स्याण्ड मोडल ब्रिफिङ गरेको स्थान पनि हो। अहिले पनि उक्त स्थानमा जनसेनाले तालिम गर्दा बनाएको विभिन्न आकृतिको टनेल, बङ्कर हराउने अवस्थामा देख्न सकिन्छ।
पर्यटकीय गन्तव्यको नामः | जनसेना तालिम स्थल रुपुगा लुकुम |
स्थानः | रुकुम (पूर्व) जिल्ला भूमे गाउँपालिका वडा नं १ लुकुम |
विशेषता | बङ्कर, टनेल जस्ता सेना तालिम अवशेष रहेकाले युद्ध पर्यटन, खोज अध्ययनको स्रोत, तत्कालीन माओवादी सेनाले बेनी आक्रमण तयारीका लागि बङ्कर, स्याण्ड मोडेल बनाई तालिम गरेको स्थलमध्यपहाडी लोकमार्गबाट सजिलै पहुँच भएको वर्षायाममा गाईवस्तु चराएको, हरियाली वातावरण र हिउँदमा हिमाली दृष्य देख्न सकिने स्थल |
पहुँच, पूर्वाधार र अन्य सुविधाको अवस्थाः | मध्यपहाडी लोकमार्गको छेउमै रहेकोखाना र आवास तथा शौचालयका लागि नजिकमा लुकुम वस्ती रहेको |
प्रस्तावित गन्तव्य नजिकका अन्य आकर्षक गन्तव्य | ऐतिहासिक लुकुम वस्ती र नेपालकै अग्लो धुपी सल्लाचौरी रिगल दह, सुन दह, पाति हाल्ने |
पर्यटकले समय व्यतित गर्न सक्ने आधार | तत्कालीन माओवादी सेनाले म्याग्दीको बेनी आक्रमणका लागि पूर्वतयारी तालिम गर्दा खनेको ट्रेन्च, बङ्करहरु अवलोकन गर्न सकिने,हिउँदमा सेताम्य दृष्य र वर्षामा हरियाली वनजङ्गलका साथै वस्तुभाउको चरिचरन अवलोकन गर्न तथा दूध दही खान सकिनेप्राचीन मगर वस्ती लुकुमको भाषा, कला, संस्कृति, भेषभुषाको अध्यययन एवं अवलोकन गर्न सकिने |
लोकप्रियता | म्याग्दी बेनी आक्रमणपूर्व माओवादी सेनाले तालिम गरेको स्थल र प्राचीन मगर वस्ती लुकुम गाउँ नामले परिचित |
सुरक्षा प्रबन्ध/संरक्षण | तालिम स्थल सुरक्षा तथा संरक्षणका लागि प्रबन्ध नगरिएको |
हालसम्मको भौतिक तथा वित्तीय लगानी र प्रतिफल | एनसेलद्वारा मोबाइल टावर निर्माण |
विकास गर्न सकिने सम्भावना | तत्कालीन जनसेनाले तालिमका क्रममा निर्माण गरेको विभिन्न आकारको बङ्कर, टलेलको संरक्षण गर्न सकेमा अध्ययन, अवलोकन र खोजको लागि स्रोत बन्ने,बाँझो जग्गा ठूलो भएकाले विस्तृत परियोजना प्रतिवेदन तयार गरी उत्पादन, व्यापारस्थलको रुपमा विकास गर्न सकिने,रिसोर्ट, पिकनिक स्पटको रुपमा विकास गर्न सकिने। |