अ) ऐतिहासिक मगर वस्ती महत

जनयुद्ध कालको कुनै समय निक्कै चर्चित गाउँ थियो महत। युद्धताका तत्कालीन राज्य पक्षको सबैभन्दा माथिल्लो ओहदाका सुरक्षाकर्मीलाई अपहरण गरी युद्धको सनसनी मच्चाउने ठाउँ महत जनयुद्धको कारण मात्र चर्चित होइन। मगर वस्ती, मगर भाषा संस्कृतिको सङ्गम, घना वस्तीको परिचयको रुपमा पनि महत गाउँलाई चिनिन्छ। महतलाई मगर खाम भाषीहरुले अझै पनि “मै” भन्दछन्। खाम भारामा “मै” भनेको बाँझको रुख हो। उक्त स्थानमा ठूला ठूला बाँझ प्रजातिको रुख हुने भएकाले मै बाट अपभ्रंश भई महत रहन गएको हो। महत गाउँको केन्द्रविन्दुमा रहेर वनस्पति अध्ययन, युद्ध र राजनीतिक चेतना अध्ययनका साथै मगर भाषा संस्कृतिको बारेमा अध्ययन अनुसन्धान गर्न सकिन्छ। असोज कात्तिकतिर भर्खर भित्र्याएको मकैले सजिएको, डाँडामा रहेको गाउँ भएकाले महतबाट भूमे गाउँपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ७ र ८ का आंशिक भूभागहरु एकैपटक अवलोकन गर्न पनि सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *